Fri. Apr 19th, 2024

नेपाली रैथाने उत्पादनलाई माया गर्ने मुना बजार चौथो वर्षमा

भिओके समाचार/काठमाण्डौं, २०७९ पुस २९ गते शुक्रबार । नेपालको दिगो विकासका लागि नेपालका रैथाने एवम् स्थानीय कृषि उपजहरुको पहिचान, प्रवर्धन, बज़ारीकरण एवम् संरक्षण गर्ने उद्देश्यले स्थापित मुना कृषि  लिमिटेडले तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।

व्यक्ति, संस्था एवम सिंगो राष्ट्रले नै स्थानीय कृषि उपजहरुको पहिचान, प्रवर्धन गर्ने रणनीति लिएर अगाडि बढ्नु पर्ने कुराको नेतृत्व गर्दै २०७६ सालमा पब्लिक कम्पनीका रुपमा मुना कृषि लिमिटेड दर्ता भएको थियो ।

विश्वका विभिन्न देशहरूलाई कर्मथलो बनाइरहेका ग़ैर आवासीय नेपालीहरुको सुरुवातीबाट एउटा अभियानको रूपमा सुरुभएको मुना, बिकासित देशहरुमा प्रमाणित भईसकेका प्रविधि एवम् बैज्ञानिक प्रयोगहरुको नेपालमा अवलम्बन गर्दै स्थानीय कृषि उपजहरुको उत्पादन, प्रसोधन र स्वदेशका साथै बिश्वबजारमा बज़ारीकरणका लागि अनुसन्धान समेतका प्रयासहरु गर्दै मुनाले नेपालको कृषि क्षेत्रमा आफ़नो छुट्टै स्थान बनाउन सफल भइसकेको छ ।

२० करोड़ पुंजीमा दर्ता भएको यो कम्पनीमा हालसम्म १९४ जना शेयर सदस्यहरु रहेका छन् ।

मुनाको अर्को पृथकता कम्पनीको शेयर सदस्यहरुको समीकरण पनि हो । कम्पनीका सम्पुर्ण शेयरसदस्यहरू मध्ये करिब ४० प्रतिशत नेपाल बाहिर बस्ने नेपालीहरू छन् भने बाँकी शेयरधनीहरू नेपालमै रहेर नेपालको कृषि क्षेत्रको रूपान्तरणका लागि प्रयासरत ब्याक्तिहरू रहेका छन् । नेपालको ६८ जिल्लाका बिभिन्न समुदायबाट २२०० भन्दा बढ़ी कृषि उपजहरुको संकलन, सरसफ़ाई/प्रशोधन एवम बज़ारीकरण सुरु गरेको यस कम्पनीमा बिभिन्न क्षेत्रका बिज्ञहरुदेखि बिध्यार्थीहरू सम्म, ९० वर्षपुगेका अनुभवी जेष्ठ नागरिकदेखि, ३० वर्ष उमेरमुनिका सदस्यहरु पनि उलेख्य संख्यामा छन् । त्यस्तै नेपालको बिभिन्न दुर्गम समुदायमा कृषि कर्म गरिरहेका कृषकरु समेत शेयरधनी रहेका छन् ।

नेपाल सरकारका सबै तह, ग़ैरसरकारी संघ-संस्थाहरु, स्थानीय सरोकारवालाहरू, सहाकारी, कृषक संजाल एवम् साझा उद्देश्य भएका संघ-संस्थाहरु सबैसंग मिलेर मुना एउटा मार्ट मात्र होइन, नेपाली रैथाने तथा स्थानीय कृषि उपजहरुको प्रवर्धन गर्दै नेपालको कृषि क्षेत्रको रूपान्तरणका लागि एक अभियान हो भन्ने मूल रणनीति सहित मुना कृषि  लिमिटेड अगाडि बढिरहेको छ ।

नेपालमै उत्पादित कृषिउपजहरुलाई गुणस्तर रुपमा तयार गरी ब्रान्डिङ गर्न सके मूल्य पाउन सकिन्छ र  नेपालमै उत्पादित बस्तुहरुलाई मुख्य स्थान दिएर पनि भब्य बजार संचालन गर्न सकिन्छ भन्ने उदाहरण स्वरूप मुनाबज़ार नामक बिक्री केन्द्रहरु चार वटा काठमाण्डौ उपत्यकामा (मुनाबज़ार सानेपा, मुनाबज़ार गोल्फुटार, मुनाबज़ार भैसिपाटि र मुनाबज़ार इमाडोल) र एउटा मुनाबज़ार पोखराको सृजनाचोकमा संचालन गरिरहेको छ ।

साथै https://munaabazar.com/  बाट अनलाइन बिक्री वितरण समेत गर्दै अब नेपालि रैथाने र स्थानीय कृषिउपजहरुलाई अन्तरास्ट्रिय बजार सम्म जोड़न प्रयास गरिरहेको छ ।

‘हामी किंन्छौ पनि, बेच्छौ पनि !’ भन्ने नारा सहित स्वस्थ र सुरक्षित कृषिउपजहरु सिधै उत्पादक बाट ख़रिद गरी कृषकहरुलाई कृषि उद्धमशीलतातर्फ उन्मुख गर्दै आजबाट तेस्रो वर्ष पुरा गरेको मुना कृषि लिमिटेडले अबका दिनमा नेपालमै उत्पादित कृषिउपजहरुलाई गुणस्तरिय उत्पादन, प्रसोधन र बजारमा आवस्यक सुधारहरूसहित ब्यवस्थापन गर्दै कृषि पेशालाई सम्मानित पेशाको रुपमा स्थापित गर्दै युवाशक्तिलाई स्वदेशमै कृषिक्षेत्रको रूपान्तरणकालागि प्रेरित गर्ने रणनीति एवम संकल्प लिएको मुना कृषिकी  प्रमुख प्रवन्धक  सीता पाण्डेले बताउनु भयाे ।

Facebook Comments