Sat. Oct 5th, 2024

संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई मत दिने देउवाको भनाई

काठमाण्डौं, २०७९ पुस २६ गते मंगलबार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गर्नुभएको छ  ।

विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले संसद विघटन गर्न सकिने एमाले अध्यक्षको अभिव्यक्तिमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

हिजो ओलीले संसद विघटन गर्दा वर्तमान प्रधानमन्त्रीसहित आफूहरु एक ठाउँमा उभिएको र सर्वोच्च अदालतले पनि संसद पुनस्र्थापना गरेको भन्दै देउवाले वर्तमान सत्ता गठबन्धनको प्रमुख घटकले तीनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको अवस्थामा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रासामू आएको बताउनुभयो । उहाँले वर्तमान प्रधानमन्त्रीका लागि यो पनि परीक्षाको घडी रहेको बताउनुभयो । संविधानको रक्षाका लागि उभिने विश्वासका साथ प्रधानमन्त्रीका लागि विश्वासको मत दिने उहाँले बताउनुभयो । यद्यपि आफ्नो दल प्रतिपक्षमा बस्ने र सरकारको गुण र दोषका अधारमा विरोध वा समर्थन समेत गर्ने देउवाले बताउनुभयो ।

 

Facebook Comments