Sat. Oct 5th, 2024

मुख्यमन्त्री कार्कीद्वारा शपथ     

प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई सोमवार प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ गराउनु हुँदै । तस्बिर : मनोज दाहाल, रासस

विराटनगर,  २०७९ पुस २५ गते सोमबार । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई सोमवार प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ पश्चात प्रमाणपत्र हस्तान्तरण गर्नहुँदै । तस्बिर : मनोज दाहाल, रासस

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई संविधानको धारा, १६८ को उपधारा २ बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

यसैगरी, संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुखले कार्यविभाजनपछि हुने गरी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङबो (लिम्बू), भक्तिप्रसाद सिटौला र निर्मला लिम्बूलाई मन्त्री पदकका लागि पद तथा गोपनीयताको शपथ गराउनुभयो । रासस

Facebook Comments