Wed. Dec 25th, 2024

विश्वासका मत दिनका लागि अनिवार्य रुपमा उपस्थित हुन ओलीको निर्देशन

भिओके समाचार/काठमाण्डौं, २०७९ पुस २५ गते सोमबार । नेकपा एमालेले विश्वासका मत दिनका लागि अनिवार्यरुपमा उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

संसद बैठक सुरु हुनुअघि सोमबार बानेश्वरस्थित संसद भवनमै बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले यस्तो निर्देशन दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैहुनुहुन्छ । ‘भोलि अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा भोट हाल्न निर्देशन भएको छ,’ बैठकबारे एमाले नेता सुवास नेम्वाङले भन्नुभयो । प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा आफूहरु ढुक्क रहेको बैठकमा ओलीले भन्नुभयो  ।

Facebook Comments