आजका रमाईला फोटाहरु
सूर्य: सुर्खेतको बराहताल गाउँपालिका-७ पोखरीडाँडाबाट देखिएको अस्ताउँदै गरेको सूर्य । तस्बिर : सुरेश आचार्य, रासस
काठमाण्डौं, २०७९ पुस २४ गते आईतबार ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिका वडा नम्बर ६ स्थित धापगाउँ । तस्बिरः देवराज सुवेदी, रासस

सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका-१, मानेडाँडाका किसान मेसिन बिग्रिएपछि परम्परागत तरिकाले कोदो कुट्दै । कोदोको पिठोबाट ढिंडो, रोटी, खोलेलगायत परिकार बनाएर खान सकिन्छ । तस्बिर : देवराज सुवेदी, रासस

काेशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएका अर्नाकाे झुण्ड । तस्बिर : नवीन गड्तौला, रासस

पोखरा-२१ फेदीपाटनमा लटरम्म फलेको सुन्तला । महानगरले पाँच वर्षअघि सुरू गरेको मेयर प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रमले सुन्तला उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित भएका छन्। तस्बिरः हरिप्रसाद बास्तोला, रासस

दाङका थारु महिला आफ्नो भेषभूषामा नाँच देखाउँदै । पछिल्लो पुस्ता संस्कृति संरक्षणमा लागेको छ । तस्बिर : रञ्जिता अधिकारी, रासस

पोखरा-२४ को मान्द्रेढुङ्गाबाट परीक्षण उडानका तयारीमा रहेका प्याराग्लाइडिङ पाइलटहरु । यसअघि पोखरा-१८, सराङकोटबाट उडान हुँदै आएको प्याराग्लाइडिङ्ग हवाइ सुरक्षाको मापदण्डले सो ठाउँबाट नागरिक उडड्यन प्राधिकरण (क्यान) ले उडानमा रोक लगाएपछि साविकको स्थानबाट करिब पाँच किलोमिटर पश्चिम मान्द्रेढुङ्गाबाट उडान परीक्षण गरिएको हो । तस्बिरः जमुनावर्षा शर्मा, रासस

नेपाल एकीकरणको क्रममा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउदै गोरखाबाट बिहीबार निस्किएको ‘एकीकरण टर्च -याली’ नुवाकोटको म्यागङबाट शनिबार विदुरतर्फ आउनेक्रममा । आइतबार नुवाकोट दरबार आइपुग्ने -याली पैदल हिँडेर यही पुस २७ मा काठमाडौँ पुग्नेछ । तस्बिर : रामहरि न्यौपाने, रासस

काठमाडौँको पाशुपत क्षेत्रबाट देखिएको जुगल हिमालको दृश्य । तस्वीर : विमलबहादुर विष्ट, रासस
Facebook Comments

