Sun. May 19th, 2024

आजका रमाईला फोटाहरु

सूर्य: सुर्खेतको बराहताल गाउँपालिका-७ पोखरीडाँडाबाट देखिएको अस्ताउँदै गरेको सूर्य । तस्बिर : सुरेश आचार्य, रासस

काठमाण्डौं, २०७९ पुस २४ गते आईतबार । 

धापगाउँ
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिका वडा नम्बर ६ स्थित धापगाउँ । तस्बिरः देवराज सुवेदी, रासस
परम्परागत तरिकाबाट कोदो कुट्दै
सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका-१, मानेडाँडाका किसान मेसिन बिग्रिएपछि परम्परागत तरिकाले कोदो कुट्दै । कोदोको पिठोबाट ढिंडो, रोटी, खोलेलगायत परिकार बनाएर खान सकिन्छ । तस्बिर : देवराज सुवेदी, रासस
काेशी टप्पुकाे आकर्षण
काेशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएका अर्नाकाे झुण्ड । तस्बिर : नवीन गड्तौला, रासस
सुन्तलाको मौसम
पोखरा-२१ फेदीपाटनमा लटरम्म फलेको सुन्तला । महानगरले पाँच वर्षअघि सुरू गरेको मेयर प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रमले सुन्तला उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित भएका छन्। तस्बिरः हरिप्रसाद बास्तोला, रासस
थारु भेषभूषामा नाच्दै महिला
दाङका थारु महिला आफ्नो भेषभूषामा नाँच देखाउँदै । पछिल्लो पुस्ता संस्कृति संरक्षणमा लागेको छ । तस्बिर : रञ्जिता अधिकारी, रासस
प्याराग्लाइडिङ्गको परीक्षण उडान
पोखरा-२४ को मान्द्रेढुङ्गाबाट परीक्षण उडानका तयारीमा रहेका प्याराग्लाइडिङ पाइलटहरु । यसअघि पोखरा-१८, सराङकोटबाट उडान हुँदै आएको प्याराग्लाइडिङ्ग हवाइ सुरक्षाको मापदण्डले सो ठाउँबाट नागरिक उडड्यन प्राधिकरण (क्यान) ले उडानमा रोक लगाएपछि साविकको स्थानबाट करिब पाँच किलोमिटर पश्चिम मान्द्रेढुङ्गाबाट उडान परीक्षण गरिएको हो । तस्बिरः जमुनावर्षा शर्मा, रासस
‘एकीकरण टर्च -याली’ :
नेपाल एकीकरणको क्रममा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउदै गोरखाबाट बिहीबार निस्किएको ‘एकीकरण टर्च -याली’ नुवाकोटको म्यागङबाट शनिबार विदुरतर्फ आउनेक्रममा । आइतबार नुवाकोट दरबार आइपुग्ने -याली पैदल हिँडेर यही पुस २७ मा काठमाडौँ पुग्नेछ । तस्बिर : रामहरि न्यौपाने, रासस
जुगल हिमालको दृश्य
काठमाडौँको पाशुपत क्षेत्रबाट देखिएको जुगल हिमालको दृश्य । तस्वीर : विमलबहादुर विष्ट, रासस
Facebook Comments