Thu. May 16th, 2024

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेट

भौतिक पूर्वाधार तथा यायायत मन्त्रालयमा बिहीबार उप-प्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिका राजदूत डिन थम्सन शिष्टचार भेट गर्नुहुँदै । तस्बिर : चन्द्रकला क्षेत्री, रासस

काठमाण्डौं, पुस २०७९ पुस २२ गते शुक्रबार । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भौतिक पूर्वाधार तथा यायायत मन्त्रालयमा बिहीबार उप-प्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिका राजदूत डिन थम्सन शिष्टचार भेट गर्नुहुँदै । तस्बिर : चन्द्रकला क्षेत्री, रासस

राजदूत थम्पसन आज सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुग्नुभएको थियो । राजदूत थम्पसन तीन महिना पहिले मात्रै काठमाण्डौंस्थित दूतावासमा जिम्मेवारी सम्हाल्न आउनुभएको थियो ।

राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच पुरानो र मजबुत सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

Facebook Comments