Sat. May 18th, 2024

भृकुटीमण्डपमा फुटवेयर औद्योगिक मेला सुरु

काठमाण्डौं, पुस २०७९ पुस २१ गते बिहीबार । नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार जुत्ता उत्पादक सङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तरराष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी कार्यक्रम उद्घाटन गर्नुहुँदै । सो प्रदर्शनी पुस २१ देखि २३ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ । तस्बिरः किरणराज विष्ट, रासस

जुत्ता उत्पादक सङ्घ नेपालले आयोजना गरेको मेलामा कूल एक सय ७० स्टल छन् । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ । मेला संयोजक सुरज बञ्जाडेका अनुसार मेलामा ४० विदेशी कम्पनी पनि रहनेछन् ।

Facebook Comments