Sun. May 19th, 2024

बुर्किना फासोमा २८ जना नागरिकको मृत्यु   

उगादुगुउ, २०७९ पुस १९ गते मंगलबार । बुर्किना फासोको उत्तरी कोसी प्रान्तमा शुक्रबारदेखि शनिबार रातिसम्म कम्तीमा २८ जना सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।

सरकारका प्रवक्ता जीन-इम्मानुएल ओउडेरागोले बुर्किना फासोको उत्तरपश्चिमी बाउकल डु माउहौन क्षेत्रको कोसीको प्रान्तीय राजधानी नोउनामा उक्त दुर्घटना भएको बताएका हुन् ।

उनले घटनाको अवस्था स्पष्ट गर्न र जिम्मेवारी पहिचान गर्न अधिकारीहरूले तुरुन्तै अनुसन्धान सुरु गरेको पनि बताएका छन् ।

उक्त दुर्घटना यस्तो समयमा गरिएको थियो जुन बेला बुर्किना फासोले आतङ्कवादविरुद्धको लडाइँमा एकताबद्ध कार्यका लागि जनतालाई परिचालन गरिएको थियो ।  रासस, सिन्ह्वा

Facebook Comments