Mon. Apr 29th, 2024

गुरुङ समुदायको तमु ल्होसार पर्व : फोटो फिचरसहित

काठमाण्डौं, २०७९ पुस १५ गते शुक्रबार । आज गुरुङ समुदायले पुरानो वर्षलाई बिदा गरी नयाँ वर्ष (विरालो वर्ष) लाई स्वागत गरेर भव्य रुपमा ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् । फोटो फिचर…………

झाँकीमा नृत्य गर्दै गुरुङ समुदायका महिला :
तमु ल्होसारको अवसरमा शुक्रबार झाँकीमा गुरुङ समुदायकी महिलाहरु नृत्य प्रस्तुत गर्दै । तस्बिर: प्रदीपराज वन्त, रासस

तमु ल्होसारको अवसरमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार आयोजित शान्ति र्याली कार्यक्रममा मौलिक बाजा तथा वेषभुषासहित सहभागी स्थानीय । तस्बिरः दिलकुमार लिम्बू, रासस

झाँकीमा नृत्य गर्दै गुरुङ समुदाय :
तमु ल्होसारको अवसरमा शुक्रबार झाँकीमा गुरुङ समुदायकी महिला तथा पुरुष नृत्य प्रस्तुत गर्दै । तस्बिर: प्रदीपराज वन्त, रासस

तमु ल्होसारमा सहभागी गुरुङ समुदायको पर्व तमु ल्होसारका अवसरमा शुक्रबार तनहुँको दमौलीमा निकालिएको सांस्कृतिक झाँकीमा सहभागीहरु । तमु ल्होसार विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । तस्बिरः कृष्ण न्यौपाने, रासस

तमु ल्होसारका अवसरमा शुक्रबार तनहुँको दमौलीमा निकालिएको सांस्कृतिक झाँकीमा सहभागीहरु । तमु ल्होसार विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । तस्बिरः कृष्ण न्यौपाने, रासस

झाँकीमा नृत्य गर्दै गुरुङ समुदायका महिला :
तमु ल्होसारको अवसरमा शुक्रबार झाँकीमा गुरुङ समुदायकी महिलाहरु नृत्य प्रस्तुत गर्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

Facebook Comments