Mon. Dec 23rd, 2024

कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्छ : महासचिव मैनाली   

CP Mainali, General Secretary of CPN ML

काठमाण्डौं, २०७९ पुस १५ गते शुक्रबार । नेकपा (माले)का महासचिव तथा पूर्वमन्त्री सिपी मैनालीले व्यवस्था परिवर्तन गरेपछि अवस्था परिवर्तन गर्न कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्ने बताउनुभएको छ । महासचिव मैनालीले भन्नुभयो, “नेकपा एमाले र माओवादी केन्द्रबीचको वर्तमान सरकार संयोग भएकाले मुलुक समृद्धितर्फ अघि बढ्ने ढोका खुला भएको छ ।”

नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले भन्नुभयो, “नेकपा एमाले एकीकरणको मूल आधार वैचारिक हो ।” वामपन्थी आन्दोलनले विगतमा पु-याएको योगदानका कारण समग्रतामा मुलुकलाई मूलधारमा ल्याएको भट्टराईले बताउनुभयो । सहिद हरि नेपाल प्रतिष्ठानद्वारा आज आयोजित ४३ औँ स्मृतिसभामा सहिद हरि नेपालले देश र जनताका लागि सहादत प्राप्त गरेको उहाँका भाइ कृष्ण नेपालले जानकारी दिनुभयो ।

नेपाल सरकारले २०७२ फागुन महिनामा हरि नेपाललाई सहिद घोषणा गरेको थियो । त्यसपछि नेपालको योगदानको कदर भएको सहिद हरि नेपाल प्रतिष्ठानका अध्यक्ष भरतकुमार श्रेष्ठले बताउनुभयो । सो कार्यक्रममा प्रतिष्ठान कार्यसमितिका सदस्य नवनिर्वाचित सांसद जनता समाजवादी पार्टीकी सुशीला श्रेष्ठ र नेकपा एमालेकी उर्मिला थेवेलाई अभिनन्दन गरिएको थियो । रासस

Facebook Comments