Mon. Apr 29th, 2024

तमु ल्होसार पर्वका अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना

काठमाण्डौं, २०७९ पुस १५ गते शुक्रबार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुरुङ तथा दुरा समुदायको महान पर्व ल्होसारको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताउनुभएको छ ।

नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै प्रचण्डले सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित रहेको बताउनुभएको छ ।

उहाँले यस पर्वले समस्त नेपालीबीच आसपी सम्बन्ध सदुढ हुने विश्वास लिनुभएको छ । ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

Facebook Comments