Wed. Apr 24th, 2024

महान फुटबलर पेलको निधन

साओ पाउलो, २०७९ पुस १५ गते शुक्रबार । विश्व फुटबलका सर्वकालिन महान खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । उहाँको बिहीबार राति ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।

ब्राजिली लेजेन्ड पेले पछिल्लो केही वर्षयता किड्नी र प्रोटेस्टको समस्यासँग जुधिरहेहनु भएको थियो । पछिल्लो समयमा उहाँमा क्यान्सदर समेत देखिएको थियो । क्यान्सरकै केमो थेरापीका लागि उहाँ पछिल्लो एक महिनायता अस्पतालमा भर्ना हुनु भएको थियो ।

पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटको ट्युमरको अप्रेसन गरिएको थियो । उहाँकी छोरी केलि नासिमेन्तोले समर्थकलाई सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको स्वास्थ्य अवस्था अपडेट गराउँदै आउनु भएको थियो । उहाँले बिहिबार राति एक तस्बिर पोस्ट गर्दै बुवाको निधन भएको भन्दै श्रदाञ्जली प्रकट गर्दै पेलेको निधनको पुष्टि गर्नु भएको हो । अस्पतालले पनि पेलेको निधन भएको पुस्टी गरेको छ ।

पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउनु भएको छ । उहाँले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३ सय ६३ खेलमा कीर्तिमानी १२ सय ८१ गोलगर्नु भएको छ । उहाँले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गर्नु भएको छ । फुटबलमा जादुगर छवि बनाउनु भएका पेले विश्वकप फुटबलको उपाधि तीनपटक जित्ने एक्लो खेलाडी समेत हुनु हुन्छ । उहाँले १९५८, १९६२ र १९७० को विश्वकप ब्राजिललाई जिताउँदा मुख्य भुमिका खेल्नु भएको थियो । पेलेलाई फिफाले सन् २००० मा प्लेयर अफ द सेन्चुरीको उपाधि दिएको थियो ।

‘कालो मोती’का रूपमा विख्यात ब्राजिलियन फुटबलर पेलेको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । ब्राजिलको सानो सहर मिनास गेराइसमा २३ अक्टोबर, १९४० मा उहाँको जन्मिनु भएको थियो ।

१५ वर्षको उमेरमा उहाँ ब्राजिलको चर्चित क्लब सान्टोसमा अनुबन्ध हुनु भएको थियो । लगभग आफ्नो पुरै व्यवसायिक खेल करिअर सान्तोषमा नै बिताउनु भएका पेलेले करिअरको अन्यतिर अमेरिकी क्लव न्यूयोर्क कसमसबाट फुटबल खेल्नु भएको थियो ।

उहाँको निधनप्रति विश्वका प्रख्यशता खेलाडीसँगै खेलप्रेमीले श्रद्धान्जली दिइरहेका छन् । ब्राजिली नेयमार, अर्जेन्टीनाका लियोनल मेस्सी, पोर्चुगिज क्रिष्टियानो रोनाल्डो, स्पेनका सर्जियो रामोसससँगै फ्रान्सका केलियन एमबाप्पेले पेलेको निधन प्रति श्रद्धान्जली अर्पण गर्नु भएको छ । एजेन्सी

Facebook Comments