Sat. May 4th, 2024

गृहमन्त्री लामिछानेद्वारा राहदानी विभागको अनुगमन

काठमाण्डौं, २०७९ पुस १४ गते बिहीबार । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गर्नुभएको छ । राहदानी लिन सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको समाचार बाहिर आइरहेकाबेला गृहमन्त्री लामिछानेले हिजो बुधबार विभागको अनुगमन गर्नुभएको हो ।

नेपाल टेलिभिजनका अनुसार यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । “सोही आधारमा मन्त्रीले राहदानी विभागको अनुगमन गर्नुभएको हो”, गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार परराष्ट्रमन्त्री नियुक्त नभएकाले पनि प्राप्त जिम्मेवारीका आधारमा उहाँले स्थलगतरूपमा अनुगमन गरेर वस्तुस्थितिबारे जानकारी लिनुभएको हो ।

Facebook Comments