Sun. Apr 28th, 2024

जसपा संसदीय दलको नेतामा रामसायप्रसाद यादव चयन

काठमाण्डौं, २०७९ पुस १३ गते बुधबार । जसपा संसदीय दलको नेतामा रामसायप्रसाद यादव चयन हुनुभएको छ । जसपामा यादवसहित संघीय परिषद्का अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवले पनि संसदीय दलको नेतामा दाबी गर्दै आउनु भएको थियो ।

संसदीय दलको नेतामा दाबी गर्दै आउनुभएका अशोक राई पछि हटेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँ सर्वसम्मत रुपमा प्रतिनिधिसभाको दलको नेता चयन भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

यसअघि दलको नेतामा तीन जना सांसदको दाबी रहेपछि निर्वाचनबाट नेता चयन गर्ने भनेर निर्वाचन कार्यतालिका समेत तय भएको थियो । तर, अन्तिम समयमा सहमतिकै आधारमा दलको नेता चयन गरिएको हो ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । जसपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा रहेको अहिलेको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी भने भएको छैन।

Facebook Comments