सुशासनका लागि प्रधानमन्त्री कार्यालयको सुदृढीकरण गर्ने निर्णयमा हस्ताक्षर
काठमाण्डौं, २०७९ पुस ११ गते सोमबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उहाँले सो निर्णयमा हस्ताक्षर गर्नुभएको हो । उहाँले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न उक्त निर्णय गर्नुभएको हो ।
Facebook Comments