Thu. May 2nd, 2024

दाहाल नेतृत्वको सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय   

काठमाण्डौं, २०७९ पुस १० गते आईतबार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी सहभागी हुनेभएको छ ।

सो पार्टीको काठमाण्डौंमा भएको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । पार्टी अध्यक्ष सिके राउतले काठमाडौँमा भर्चुअल बैठक गरी सरकारमा सहभागी हुने निर्णय गरिएको जनमत पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

सरकारमा सहभागी हुने भए पनि कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने विषय टुङ्गो लागिनसकेको उहाँले उल्लेख गर्नुभयो । जनमत पार्टीमा छ सांसद हुनुहुन्छ ।

छ दलीय गठबन्धनको नेतृत्व गर्दै माओवादी अध्यक्ष दाहाल आजै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्रीको सपथ भोलि हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । रासस

Facebook Comments