Tue. Apr 30th, 2024

पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ   

पूजापाठका लागि शनिबार जनकपुरधामस्थित जानकी मन्दिर पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले मायाको चिनो प्रदान गर्नुहुँदै । तस्बिरः निरंजनकुमार साह, रासस

महेन्द्रनगर (धनुषा), २०७९ पुस १० गते आईतबार । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको छ । उहाँ शुक्रबार यहाँ आइपुग्नुभएको थियो ।

जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

पूजापाठपछि उहाँ यात्री निवास गेष्ट हाउस जानुभएको थियो । शुक्रबार दिउँसो यहाँ आइपुग्नुृभएका उहाँ साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी हुनुभएको थियो । पूर्वराजासँग पूर्वमहारानी कोमल शाह पनि साथमै हुनुहुन्थ्यो । रासस

Facebook Comments