Sun. May 19th, 2024

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूलाई बधाई एवं निर्देशन दिँदै । तस्बिर : सौजन्य : प्रधानमन्त्रीको सचिवालय, रासस

काठमाण्डौं, २०७९ पुस २ गते शनिबार । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार सरकारी निवास बालुवाटारमा बधाईँ दिँदै सो निर्देशन दिनु भएको हो । प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरुलाई प्रधानमन्त्री देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन गर्नु भएको सञ्चारमन्त्री समेत रहनु भएका नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । उहाँले काँग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढन आफूहरुले चाहेको पनि स्पष्ट पार्नु भयो ।

Facebook Comments