Sun. May 19th, 2024

तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

दोहा, २०७९ पुस २ गते शनिबार । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ ।

तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्न लागेका हुन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति पौने ९ बजेदेखि सुरु हुनेछ । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो । यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३-० ले पराजित गरेको थियो । मोरक्को र क्रोएसिया आज तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रने छन् ।

मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो । प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् । एजेन्सी

Facebook Comments