Thu. Dec 26th, 2024

नाफिज अध्यक्षमा ढकाल निर्वाचित

काठमाण्डौं, २०७९ मंसिर २९ गते बिहीबार । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) मा मोदनाथ ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न १३औँ वार्षिकोत्सव तथा छैटौँ महासभाबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

तेह्र सदस्यीय कार्यसमितिमा महासभाले सात पदाधिकारी र चार सदस्य निर्वाचित गरेको छ । कार्यसमितिले बाँकी दुई सदस्यको मनोनयन गर्नेछ । निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गरिएको हो । ढकाल दि राइजिङ नेपालमा कार्यरत हुनुहुन्छ । उपाध्यक्षमा नोटबजार डटकमका परमेश्वर अधिकारी र हाम्रो अर्थकी मेनुका कार्की निर्वाचित हुनुभएको छ । महासचिवमा अनलाइन खबरका नवीन ढुङ्गाना, सचिवमा नेपाल खबरका दीपक भट्ट र कोषाध्यक्षमा सिंहदरबारकी दिलु कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यमा रातोपाटीका निकेश खत्री, अनलाइन खबरका विजय पराजुली, सेतोपाटीकी सविना कार्की र नेपाल प्रेसका राजाराम न्यौपाने विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । रासस

Facebook Comments