Sun. May 19th, 2024

हवाई आक्रमणमा चार आईएस लडाकूको मृत्यु

इराक, २०७९ मंसिर २७ गते मंगलबार । इराकको पूर्वी प्रान्त दियालामा सोमबार भएको हवाई आक्रमणमा चार इस्लामिक स्टेट (आईएस) लडाकू मारिएको इराकी सेनाले जनाएको छ ।

गुप्तचर रिपोर्टहरूका अनुसार इराकी लडाकु विमानहरूले राजधानी बगदादबाट १ सय ७५ किलोमिटर उत्तरपूर्वमा रहेको कारा-टप्पा सहर नजिकैको नारिन क्षेत्रमा आईएसका लडाकूहरु लुकेको ठाउँमा बमबारी गरेको थियो । उक्त हवाई आक्रमणमा ४ जना लडाकू मारिउको इराकी संयुक्त अपरेशन कमाण्डको मिडिया कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ । पछिल्ला महिनाहरूमा, इराकी सुरक्षा बलहरूले चरमपन्थी लडाकूहरूविरुद्ध तिनीहरूको तीव्र गतिविधिलाई रोक्न सैन्य अपरेसनहरू सञ्चालन गरेका छन् ।

सन् २०१७ पछि आइएसलाई लडाकुहरुलाई निस्तेज पर्न सफल भएपछि इराकको सुरक्षा स्थितिमा सुधार भइरहेको छ । यद्यपि, आइएस लडमकुहरु मरुभूमि र दुर्गम क्षेत्रहरूमा लुकेर आक्रमणको योजना बनाउछन् र सुरक्षा बलहरू तथा नागरिकहरूविरुद्ध बारम्बार छापामार आक्रमणहरू गर्ने गर्दछन् । एजेन्सी

Facebook Comments