Tue. Dec 24th, 2024

जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु   

-हेमन्त केसी, जाजरकोट, २०७९ मंसिर २६ गते सोमबार । जाजरकोटमा आज जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा ११ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो दुर्घटनामा परी तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा मृत्यु हुनेमा जीप चालक दैलेखको भगवतीमाई गाउँपालिका-२ का मानबहादुर रावत, छेडागाड नगरपालिका-६ का वीरबहादुर खत्री, छेडागाड-५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका-३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का, जाजरकोटकै छेडागाड-५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मरबहादुर अधिकारी, छेडागाड-६ का रामबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको हो भने २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments