Sun. May 5th, 2024

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीन खाडी अरबेली मुलुक सहयोग परिषद्को पहिलो शिखर सम्मेलनलाई सम्बोधन

काठमाण्डौं, २०७९ मंसिर २४ गते शनिबार । डिसेम्बर ९ तारिख दिउँसो पहिलो चीन खाडी अरबेली मुलुक सहयोग परिषद् शिखर सम्मेलन रियादस्थित राजा अब्दुल अजिज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, साउदी अरबियाका राजकुमार एवम् प्रधानमन्त्री, कतारका एमिर अर्थात् राष्ट्रनायक, बहराइनका राजा, कुवेतका राजकुमार, अमनका उप प्रधानमन्त्री, संयुक्त अरब इमिरेट्सको फुजाइराहका नेता र खाडी अरबेली मुलुक सहयोग परिषद्का महासचिव गरी सो शिखर सम्मेलनमा सहभागी हुनुभएको छ। सम्मेलनले मध्य समुद्रको रणनीतिक साझेदारी सम्बन्धको स्थापना गर्ने र त्यसलाई सबल पार्ने निर्णय गरेको छ।

सीएमजीका अनुसार चीनका राष्ट्राध्यक्ष सी चिनफिङले “हातमा हात मिलाउँदै सँगै मिलेर मध्य समुद्र सम्बन्धको सुमधुर भविष्यको सिर्जना गरौं” शिर्षकमा मुख्य विषयक सम्बोधन गर्नुभएको छ।

त्यस शिखर सम्मेलनमा “”जन गणतन्त्र चीन र खाडी अरबेली मुलुक सहयोग परिषद् शिखर सम्मेलनको संयुक्त बक्तव्य” पनि प्रकाशित गरिएको छ।

सी चिन फिङले चीन-अरब व्यावहारिक सहकार्यको “आठ प्रमुख साझा कार्य” विषयक एउटा प्रस्ताव प्रस्तुत गर्नुभएको छ। ती प्रस्तावहरु यसप्रकार रहेका छन् :

पहिलो, विकासको समर्थन गर्ने कार्य संयुक्तरूपमा गर्ने छौं।

दोस्रो, खाद्य सुरक्षाको कार्य संयुक्तरूपमा गर्ने छौं।

तेस्रो, स्वास्थ्यको कार्य संयुक्त रूपमा गर्ने छौं।

चौथो, हरित विकास र आविष्कार कार्य संयुक्त रूपमा गर्ने छौं।

पाँचौं, ऊर्जाको सुरक्षा कार्य संयुक्त रूपमा गर्ने छौं।

छैटौं, सभ्यताको आदान-प्रदान कार्य संयुक्त रूपमा गर्ने छौं।

सातौं, प्रतिभाको प्रशिक्षण गर्ने कार्य संयुक्त रूपमा गर्ने छौं।

आठौं, सुरक्षा र स्थिरताको लागि संयुक्त रूपमा काम गर्ने छौं।

Facebook Comments