Sun. May 19th, 2024

राष्ट्रपति भण्डारीसँग अध्यक्ष राउतको भेट   

काठमाण्डौं, २०७९ मंसिर २० गते मंगलबार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनमत पार्टीका अध्यक्ष डा सिके राउतले भेट गर्नुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा उहाँहरूबीच छलफल भएको राष्ट्रपति भण्डारीको प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभामा सप्तरी-२ बाट निर्वाचित भएपछि राउत भेटघाट र सम्वादका क्रममा हुनुहुन्छ । यसअघि, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको थियो।

Facebook Comments