Sun. May 19th, 2024

बाजुराबाट कांग्रेसका सह-महामन्त्री बद्री प्रसाद पाण्डे प्रतिनिधिसभामा विजयी

बाजुरा, २०७९ मंसिर १८ गते आईतबार । बाजुरा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सह-महामन्त्री बद्री प्रसाद पाण्डे विजयी हुनुभएको छ।

पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ को मतान्तरले पछि पार्दै विजय हासिल गर्नुभएको हो। विजयी पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी एमालेका कर्णबहादुर थापाले २६हजार ३सय ४९मत प्राप्त गर्नुभएको छ। बाजुरामा जम्मा मतदाता ८३ हजार ५ सय ६७ मध्ये ६० हजार १ सय ५२ मत खसेको थियो ।

प्रतिनिधिसभा एक र प्रदेश सभा दुई रहेको बाजुरामा प्रदेश सभा क मा एकीकृत समाजवादीका नरेश कुमार शाही प्रदेश ख मा कांग्रेसका पदम बहादुर शाहि र प्रतिनिधि सभामा पाण्डे विजयी हुनुभएको हो। यो सँगै बाजुरामा मतगणना कार्य सबै सम्पन्न भएको छ। रेडियो नेपाल

Facebook Comments