Thu. Dec 26th, 2024

शेयर बजार झिनो अंकले वृद्धि

भिओके समाचार/काठमाडौं, २०७९ मंसिर १८ गते आईतबार । आइतबार नेप्से सूचक २.१६ अंकले बढेर १९६३.२२ को विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स १.१७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंकले घटेको छ । आज कूल २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता शेयर १ अर्व ५६ करोड १७ लाख २ हजार ९ सय ९२ रुपैयाँ १ पैसामा खरिदबिक्री भएको छ ।

आज ९ वटा उपसमूह सूचकहरू बढेका छन्  भने ५ वटा घटेका छन् । आज विकास बैंक समूह ०.६८, बैंकिङ समूह ०.६८, उत्पादन तथा प्रशोधन समूह ०.२६ प्रतिशतले घटेका छन् । आज नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.११ प्रतिशतले घटेको छ । त्यसैगरी, आज नबिल बैंकको शेयरमूल्य करिब साढे ३ प्रतिशतले घटेको छ भने अन्य स्टकहरुको गिरावटदर ३ प्रतिशतभन्दा कम रहेको छ ।

होटेल तथा पर्यटन समूह १.६५, जलविद्युत समूह ०.२०, लगानी समूह ०.७८,  जीवन बीमा समूह १.९८, लघुवित्त समूह ०.३७, म्युचुअल फण्ड ०.६३, निर्जीवन बीमा समूह ०.७५, व्यापार समूह ०.८१ र अन्य ०.७४ प्रतिशतले घटेका छन् । नेप्से झिनो अंक बढेपनि धौलागिरी लघुवित्तको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज उक्त लघुवित्तले शेयरमूल्य ९.९८ प्रतिशत अर्थात २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार गरेको छ । त्यसैगरी, आज ओरियन्टल होटल र खप्तड लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ ।

कारोबार रकमका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ । आज उक्त बैंकले १९ करोड ८० लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेको छ । सर्वाधिक शेयरमूल्य घटेको नेष्डो समृद्ध लघुवित्तको भने आज ८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ ।

Facebook Comments