Sun. May 10th, 2026

चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको शव पैचिङ पुर्‍याइयो, आउँदो मंगलबार अन्त्यष्टि

       

काठमाण्डौं, २०७९ मंसिर १६ गते शुक्रबार । चिनियाँ कम्युनिष्ट पार्टीका तेस्रो पुस्ताका अग्रज नेता तथा चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको शव बिहीबार चीनको शाङहाइ शहरबाट विशेष विमानद्वारा राजधानी पैचिङ पुर्याईएको छ। नेता च्याङ चमिनको शव पैचिङ पुर्याउँदा राष्ट्राध्यक्ष सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ लगायतका राष्ट्रिय नेताहरू विमानस्थलमा उपस्थित हुनुभएको थियो । सो क्रममा उपस्थित नेताहरुले च्याङ चमिनका नातेदारहरूलाई सात्वना व्यक्त गर्नुभएको थियो ।

चाईना मिडिया ग्रुपका अनुसार च्याङ चमिनको सम्मानमा डिसेम्बर ६ तारिख विहान १० बजे चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समिति, चीनको राज्य परिषद, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन र केन्द्रीय सैन्य आयोगले पैचिङस्थित जन वृहत सभा भवनमा शोक तथा श्रद्धान्जली सभाको आयोजना गर्ने कार्यक्रम रहेको छ । सोही दिन चीनका विभिन्न क्षेत्र, विदेशस्थित चिनियाँ राजदूतावासहरू र विश्वका विभिन्न देशहरुमा रहेका चिनियाँ सँस्थानहरूले झण्डा आधा झुकाउने छन् ।

साथै डिसेम्बर ६ तारिख मंगलवार हान श्रद्धान्जली सभामा मौनधारण हुँदा चिनियाँ जनताले पनि आआफ्नो स्थानबाट ३ मिनेटसम्म मौनधारण गर्नेछन्।

Facebook Comments

सम्बन्धित समाचार