Sun. May 5th, 2024

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई कोभिड-१९ सङ्क्रमण   

President William J. Clinton

वासिङ्टन, २०७९ मंसिर १६ गते शुक्रबार । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले बुधबार आफूलाई कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको बताउनु भएको छ । ७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गर्नुभएको तर घरमा आफूलाई व्यस्त राखेको ट्वीटमार्फत बताउनु भएको छ ।

खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेष गरी जाडो मौसममा सर्तक रहन उहाँले आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।  रासस/सिन्ह्वा

Facebook Comments