Wed. Dec 25th, 2024

चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन

भिओके समाचार/काठमाडौं, २०७९ मंसिर १४ गते बुधबार । चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन भएको छ । ९६ वर्षका च्याङ चमिनको लियुकेमिया र अन्य रोगका कारण आज मध्यान्ह १२ बजेर १३ मिनेट जाँदा चीनको शाङहाइ शहरमा निधन भएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, जन गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रसेको स्थायी समिति, चीनको राज्य परिषद, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति र चिनियाँ केन्द्रीय सैन्य आयोगले च्याङ चमिनको निधनको खवरलाई पुष्टि गरेका छन् ।

च्याङ चमिन चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ जनमुक्ति सेना र चीनका विभिन्न जातीय जनताका लागि उच्च सम्मानित नेता, महान मार्क्सवादी, देशभक्त क्रान्तिकारी, राजनीतिक, मिलिटारिस्ट र कुटनीतिज्ञ भएको चाईना मिडिया ग्रुपले जनाएको छ ।

Facebook Comments