Wed. Feb 8th, 2023

सीताराम विवाह पञ्चमी : स्वयंवर सम्पन्न   

जनकपुरधाममा आयोजना गरिएको विवाह पञ्चमी महोत्सवको अवसरमा जानकी मन्दिरको प्राङ्गणमा मञ्चन गरिएको रामलीलाको झलक । तस्बिरः अजयकुमार साह/रासस

महेन्द्रनगर (धनुषा), २०७९ मंसिर १२ गते सोमबार । सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न भएको छ । आज रङ्गभूमि मैदान (बाह्रविघा) मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो । विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम आउनुभएको छ ।

राममन्दिर र जानकी मन्दिरबाट डोला निकाली रङ्गभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रम भएको छ । सीता–राम विवाह कार्यक्रम आज राति सम्पन्न हुँदैछ । जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Facebook Comments