Fri. May 17th, 2024

इलाम-२ मा एमालेका नेम्वाङ्ग निर्वाचित   

मंगलबारे, २०७९ मंसिर १० गते शनिबार । इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)का सुवास चन्द्र नेम्वाङ्ग निर्वाचित हुनुभएको छ ।

उहाँले ३० हजार २० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । यसअघि स्थगित भएको मतगणना शनिबार राति ९ बजेदेखि फेरि सुरु भएको थियो ।

Facebook Comments