Fri. Apr 19th, 2024

अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

काठमाण्डौं, २०७९ मंसिर १० गते शनिबार । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जानौब रङ्गशालामा आज भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १-० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । अस्ट्रेलियाको लागि मिचेल डुकले गोल गरे । खेलको २३औँ मिनेटमा मिचेल डुकले गरेको एक गोल नै अस्ट्रेलियाको लागि निर्णायक गोल सबित भयो ।

यस जितसँगै अस्ट्रेलियाले ३ अङ्क जोडेको छ । अस्ट्रेलियाले पहिलो खेलमा फ्रान्ससँग पराजित भएको हो । यता पराजित ट्युनिसिया पहिलो खेलमा डेनर्माकसँग बराबरी खेल्दै १ अङ्क जोडेको थियो ।

Facebook Comments