Sun. Dec 22nd, 2024

एनआरएनएको अध्यक्षमा पन्त विजयी

काठमाडौं, २०७६ कात्तिक १ गते शुक्रबार ।

गैरआवासीय नेपाली सङ्घको नवौँ विश्व अन्तर्राष्ट्रिय सम्मेलनको निर्वाचनमा अध्यक्ष पदमा कुमार पन्त विजयी हुनु भएको छ ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार नयाँ नेतृत्वमा पन्तसहित अधिकांश वामपन्थी समूहले विजय हासिल गरेको छ । गोरखापत्र अनलाईनका अनुसार अन्तिम मतपरिणाम भने सार्वजनिक भइसकेको छैन । पन्तका प्रतिस्पर्धी कुलप्रसाद आचार्य रहनुभएको थियो ।

प्राप्त जानकारीअनुसार उपाध्यक्षमा हिक्मत थापा, डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, सोनाम लामा र महिला उपाध्यक्षमा रविना थापा विजयी हुनुभएको छ । महासचिवमा डा हेमराज शर्मा, सचिवमा गोविन्दराज जोशी, कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी हुनुभएको छ ।

निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका थिए । ४२ पदका लागि भएको निर्वाचनमा ७६ जना प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

Facebook Comments