Sat. May 18th, 2024

सुदन किराँती पुन: प्रतिनिधि सभा सदस्य निर्वाचित

भोजपुर, २०७९ मंसिर ९ गते शुक्रबार । नेकपा माओवादी केन्द्रका उम्मेदरवार सुदन किराँती भोजपुरबाट पुन: प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । किराँती नेकपा एमालेका उम्मेदवार तथा प्रदेश नम्वर १ का संस्थापक मुख्यमन्त्री एवम् नेपाल सरकारका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री शेरधन राईलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

निर्वाचन आयोगका अनुसार किराँतीले २८ हजार ५ सय ७५ मत प्राप्त गर्नुभएको छ भने राईले २६ हजार १ सय ९३ मत प्राप्त गर्नुभएको छ । किराँती र राईको बीचमा मत अन्तर २ हजार ३ सय ८५ रहेको छ ।

नेकपा माओवादी केन्द्रका युवा नेता समेत रहनु भएका किराँती यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्थ्यो ।

Facebook Comments