Sat. May 18th, 2024

अमनलाल मोदी पुन: प्रतिनिधि सभा सदस्य निर्वाचित

मोरङ, २०७९ मंसिर ९ गते शुक्रबार । नेकपा माओवादी केन्द्रका उम्मेदरवार अमनलाल मोदी मोरङ निर्वाचन क्षेत्र नम्वर ४ बाट पुन: प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । मोदी नेकपा एमालेका उम्मेदवार विनोदकुमार ढकाललाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

निर्वाचन आयोगका अनुसार मोदीले ३० हजार ६ सय १२ मत प्राप्त गर्नुभएको छ भने भने ढकालले २४ हजार ४ सय ६३ मत प्राप्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका युवा नेता समेत रहनु भएका मोदी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्थ्यो । मोदी २०७०को संविधानसभाको चुनावमा समानुपातिक सांसदमा निर्वाचित हुनुभएको थियो ।

Facebook Comments