Sun. Jan 12th, 2025

राप्रपाका दीपकबहादुर सिंह मकवानपुर-१ बाट निर्वाचित

भिओके समाचार/काठमाडौं, २०७९ मंसिर ८ गते बिहीबार । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंह मकवानपुर निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ । चुनावअघि कांग्रेसकी महालक्ष्मी डिना उपाध्याय र एमालेबाट सूर्य चुनाव चिन्ह लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा निकै चर्चा थियो ।

जब हेटौंडा उपमहानगरपालिका क्षेत्रका मतपेटिकाबाट मतपत्र निकाल्न थालियो, डिनालाई अग्रता जोगाउन सकस मात्रै परेन, नगरका केही वडाको मत गन्न बाँकी छँदै कमल थापाले हार स्वीकार गर्ने अवस्था बन्यो ।

एकाएक नगर क्षेत्रबाट आएको मतले दीपक सिंहलाई संसदको ढोका खोलिदियो । जुन, मतपरिणाम कांग्रेस, एमाले, राप्रपा नेपालका लागि ‘सरप्राइज’ थियो । अन्तिम मतपरिणाम अनुसार सिंहले २७ हजार ८१६ मत प्राप्त गर्नुभएको छ । डिनाले २५ हजार ४३४ मत प्राप्त गर्नुभएको छ भने कमल थापाले २५ हजार ४२० मत प्राप्त गर्नुभएको छ ।

सिंहको उदय मकवानपुरका राजनीतिक दलका लागि अप्रत्यासित नतिजा हो ।

Facebook Comments