Thu. May 2nd, 2024

प्रतिनिधिसभा समानुपातिकतर्फ कुन दलले कति मत पाए ?

काठमाण्डौं, २०७९ मंसिर ७ गते बुधबार । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनाका आधारमा दलगत स्थिति हेर्दा नेकपा (एमाले) अग्रस्थानमा देखिएको छ ।

निर्वाचन आयोगको मङ्गलबार राति साढे ११ बजेसम्मको मतपरिणाम विवरणानुसार एमालेले ३ लाख ४९ हजार ५ सय ७६ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३ लाख २३ हजार १ सय ३४ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या १ लाख ७७ हजार ३ सय ५६ रहेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) को १,५६, ८५९, राष्ट्रिय प्रजातन्त्र पार्टीको ९६,६५१ रहेको निर्वाचन आयोगले जनाएको छ ।

यो अवधिसम्ममा समानुपातिकतर्फको मतगणनाअनुसार जनता समाजवादी पार्टी नेपालको ४३१३०, नेकपा (एकीकृत समाजवादी)को २०६३७ मत रहेको छ ।

Facebook Comments