Fri. May 17th, 2024

वासिङ्टनमा विमान दुर्घटना, ४ जनाको मृत्यु   

सान फ्रान्सिस्को, २०७९ मंसिर ४ गते आईतबार । अमेरिकी राज्य वासिङ्टनको स्नोहोमिश काउन्टीस्थित हार्भे फिल्ड एयरपोर्टको नजिक दुर्घटना हुँदा शुक्रबार चार जनाको मृत्यु भएको छ। सेस्ना २०८ बी विमान रेन्टनबाट उडेको करिब एक घण्टापछि दुर्घटना भएको हो ।

शनिबार बिहान स्नोहोमिश काउन्टी शेरिफको कार्यालयले विमानमा सवार सबै चार जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
स्नोहोमिश काउन्टी मेडिकल परीक्षकले पीडितहरूको पहिचान गरिरहेको छ । साथै यस दुर्घटनाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड र संघीय उड्डयन प्रशासन द्वारा अनुसन्धान जारी छ।

फेडरल एभिएसन एडमिनिस्ट्रेशन वेबसाइटका अनुसार आइडेन्टिफायर टेल नम्बर एन २०६९ बी भएको दुर्घटनाग्रस्त विमान अलास्काको कपर माउन्टेन एभिएसनको स्वामित्वमा रहेको बताइएको छ ।  रासससिन्ह्वा

Facebook Comments