Sat. May 4th, 2024

पर्सा १ बाट यादव दोस्रो पटक निर्वाचित   

पर्सा, २०७९ मंसिर ७ गते बुधबार । पर्साको निर्वाचन क्षेत्र नं १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

यादवले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई एक हजार छ सय २० मतको अन्तरले पराजित गर्नुभएको हो । पर्सा क्षेत्र नं १ को सम्पूर्ण मतगणना हुँदा द्विवेदीले २० हजार नौ सय १७ मत प्राप्त गर्नुभएकोमा यादवले २२ हजार पाँच सय ३७ मत ल्याएर विजयी हुनुभएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिनुभयो । पर्साको निर्वाचन क्षेत्र नं १ बाट यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । रासस

Facebook Comments