Thu. Apr 25th, 2024

अछाम-२ मा शाह विजयी   

अछाम, २०७९ मंसिर ७ गते बुधबार ।  अछाम क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाह विजयी हुनुभएको छ । सो निर्वाचन क्षेत्रमा २२ हजार नौ सय ५४ मत ल्याएर शाह विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञबहादुर बोगटीले १६ हजार एक सय १४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले छ । शाहले छ हजार आठ सय ४० मत बढी ल्याउनुभएको हो । अछाम-२ मा ७९ हजार छ सय २१ मतदाता सङ्ख्यामध्ये ४१ हजार आठ सय ८१ मत खसेको थियो । रासस

Facebook Comments