Mon. Apr 29th, 2024

गोरखा-२ मा माओवादी केन्द्रका अध्यक्ष दाहाल १२ हजार मतले अगाडि   

गोरखा, २०७९ मंसिर ७ गते बुधबार । चर्चामा रहेको गोरखा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य प्रतिस्पर्धीसँग १२ हजारभन्दा बढी मतले अग्रता कायम गर्नुभएको छ ।

आज साँझ ६ बजेसम्मको मतगणनामा उहाँले २१ हजार ६४ मत प्राप्त गर्दै आफ्नो अग्रता थप फराकिलो बनाउँदै लैजानुभएको हो । कूल ४१ हजार चार सय सात मतगणना हुँदा उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले आठ हजार चार सय ६३ मत पाउनुभएको छ ।

बुर्लाकोटी अध्यक्ष दाहालभन्दा १२ हजार छ सय ११ मतले पछाडि पर्नुभएको छ । त्यस्तै नेकपा (एमाले) का अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा रहनुभएको छ । उहाँले अहिलेसम्म पाँच हजार छ सय ३६ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो । रासस

Facebook Comments