Sun. Apr 28th, 2024

तनहुँ २ बाट नेपाली कांग्रेसका शंकर भण्डारी निर्वाचित

भिओके समाचार/तनहुँ, २०७९ मंसिर ७ गते बुधबार । तनहुँ निर्वाचन क्षेत्र नम्वर २ बाट नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारी निर्वाचित हुनुभएको छ । वामऔलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भण्डारीले ३० हजार ६ सय ४ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । भण्डारीले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई ५ हजार ४ सय ७४ मत अन्तरले पराजित गर्नुभएको छ ।

तनहुँ क्षेत्र नम्वर २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायका अनुसार भण्डारीका निकटतम् प्रतिद्वन्द्वी गुरुङले २५ हजार १ सय ३० मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments