Mon. Apr 29th, 2024

काठमाण्डौ-९ बाट कृष्णगोपाल श्रेष्ठ विजयी

भिओके समाचार/काठमाण्डौं, २०७९ मंसिर ६ गते मंगलबार । आइतबार सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा काठमाण्डौं निर्वाचन नम्वर ९ बाट नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ। श्रेष्ठ ११ हजार ९ सय ५६ मतसहित विजयी हुनुभएको हो ।

श्रेष्ठका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८ हजार ७ सय २५ मत प्राप्त गर्नुभएको छ ।

कृष्ण गोपाल श्रेष्ठ यसअघि सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मा काठमाण्डौं ५ र मध्यावधि निर्वाचन २०५१ मा काठमाण्डौ ७ बाट निर्वाचित हुनु भएको थियो । यस्तै, संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि उहाँ काठमाण्डौ बाट निर्वाचित हुनुभएको थियो ।

२०५९ सालमा स्थानीय विकास राज्यमन्त्री हुनु भएका श्रेष्ठ केपी शर्मा ओली नेतृत्वको सरकारमा २०७७ सालमा शिक्षामन्त्री बन्नु भएको थियो ।

Facebook Comments