Mon. Apr 29th, 2024

सिन्धुपाल्चोक-२ मा कांग्रेसको अग्रता कायमै   

मेलम्ची, २०७९ मंसिर ६ गते मंगलबार । सिन्धुपाल्चोक-२ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायम गर्नुभएको छ ।

जारी मतगणनामा बस्नेतले पाँच हजार एक सय ४९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले तीन हजार चार सय ३४ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसमा (१)मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का युवराज दुलालको अग्रता रहेको छ । माओवादी केन्द्रले चार हजार पाँच सय २९ मत पाउनुभएको छ भने एमालेका अमानसिं तामाङले दुई हजार आठ सय ४४ मत पाउनुभएको छ ।

Facebook Comments