Sat. May 4th, 2024

मोरङ-४ को प्रतिनिधिसभामा मोदीको अग्रता   

मोरङ, २०७९ मंसिर ५ गते सोमबार । मोरङकम आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ४ को प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार अमनलाल मोदीले एक हजार एक सय ४८ मत ल्याउनुभएको छ ।

जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले आज साँझ ६ः३० बजे सार्वजनिक गर्नुभएको मत परिणामअनुसार नेकपा एमालेका विनोदप्रसाद ढकालले छ सय ३१ र राप्रपाका रवि रिजालले एक सय एक मत प्राप्त गर्नुभएको छ । मत कटहरि गाउँपालिका–४ को खैरवना मतदानस्थलको क, ख र ग को दुई हजार एक सय ४४ मतमध्ये सदरमत दुई हजार १० भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी क्षेत्र नं ४(१) प्रदेशसभातर्फ सत्ता गठबन्धनकातर्फबाट नेकाका गुरुराज घिमिरेले नौ सय सात, नेकपा एमालेका जयप्रकाश चौधरीले सात सय सात र राप्रपाका आशनारायण माझी थारुले दुई सय ५५ मत ल्याउनुभएको छ ।

Facebook Comments