Sat. May 4th, 2024

  मोरङ-६ मा नेता कोइराला र क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवार मण्डलको अग्रता   

 मोरङ, २०७९ मंसिर ५ गते सोमबार । मोरङ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले सात सय २१ मत ल्याउनुभएको छ ।

मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले आज साँझ ७ः४५ बजे सार्वजनिक गर्नुभएको एक हजार छ सय ७४ मतगणनामा नेकपा एमालेका लालबाबु पण्डितले पाँच सय ३४ र राप्रपाका गोपाल क्षेत्री कटुवालले एक सय एक मत प्राप्त गर्नुभएको छ । यसैगरी क्षेत्र नं ६ (१) प्रदेशसभातर्फ नेकपा एमालेकी रिना न्यौपानेले छ सय ६२, नेकपा माओवादी केन्द्रका जीवन आचार्यले पाँच सय ५७ र राप्रपाका हिरा भट्टराईले तीन सय चार मत ल्याउनुभएको छ ।

मोरङ क्षेत्र नं ५ प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) ले एक हजार पाँच सय ७२, नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल (केवट) ले ५७६ र जसपा नेपालका राजकुमार यादवले २८९ मत प्राप्त गर्नुभएको छ । उक्त मत दुई हजार नौ सय ३६ मतगणनामा प्राप्त गर्नुभएको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो । यसैगरी क्षेत्र नं ५‘१’ प्रदेशसभातर्फ नेकाका गयानन्द मण्डल गनगाईंले एक हजार दुई सय १९, नेकपा एमालेका सन्तोषकुमार साहले आठ सय ४८ र राप्रपाकी सोनलकुमारी गुप्ता साहले दुई सय २५ मत गर्नुभएको छ ।

Facebook Comments