Sat. Dec 28th, 2024

ललितपुर-२ मा एमालेका महर्जन निर्वाचित   

काठमाण्डौं, २०७९ मंसिर ५ गते सोमबार । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले का प्रेमबहादुर महर्जन निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

“कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको हो”, उहाँले भन्नुभयो ।

उहाँका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८ सय ८६ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ८ हजार ६ सय ६६ मत प्राप्त गर्नुभयो ।

साथै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले ८ हजार २ सय ६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवरराज थापाले ६ हजार ६ सय ४६ मत प्राप्त गर्नुभयो ।

Facebook Comments