Wed. Apr 24th, 2024

“अफ्वाह र पूर्वाग्रहहरूबाट महामारीको रोकथाम तथा नियन्त्रणमाथि क्षति पुग्न दिनुहुँदैन”: टेड्रोस अढानोम घेब्रेयेसस

Director-General of the World Health Organization (WHO) Tedros Adhanom Ghebreyesus

काठमाडौं, २०७६ माघ २६ गते आईतबार

विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अढानोम घेब्रेयेससले विभिन्न प्रयास मार्फत नयाँ कोरोना भाइरसको प्रभाव रोक्नु पर्ने बताउनु भएको छ । ८ तारिखका दिन बोल्दै घेब्रेयेससले चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाईसको प्रभाव रोक्नु मात्र नभई त्रुटिपूर्ण सन्देशको प्रसार, महामारीको सामनामाथि क्षति पुर्याउने सञ्जाल प्रयोगकर्ता र षड्यन्त्र सिद्धान्तकारहरुसँग लडाइँ गर्नुपर्ने बताउनु भएको छ । महाप्रबन्धक घेब्रेयेससका अनुसार विश्व स्वास्थ्य संगठनले हाल वास्तविकता सार्वजनिक गर्ने टोलीको स्थापना गरिरहेको छ।

महामारीको रोकथाम तथा नियन्त्रण गर्ने कठीन समयमा महाप्रबन्धक घेब्रेयेससको धारणा र विश्व स्वास्थ्य संगठनको कदमलाई महत्वका साथ हेरिएको छ ।

नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनिया महामारी देखिए यता चीनले छिटै रेकर्ड राख्नसक्ने रोगजन्य स्क्रिनिंग गरेर समयमै विश्व स्वास्थ्य संगठन तथा अरू देशहरूसँग भाइरसको जीन अनुक्रम बाँड्नुका साथै निर्णायक रूपमा रोकथामका कदम चालेको छ। जसले अन्तर्राष्ट्रिय जगतबाट सक्रिय मूल्यांकन तथा समर्थन पाएको छ।

सीआरआई नेपाली विभागका अनुसार तर केही पश्चिमा देशका राजनीतिज्ञ तथा सञ्चार माध्यमहरूले वास्तविकताको वेवास्ता गरेर क्रमशः गलत जानकारी दिनुका साथै जानाजानी षड्यन्त्र सिद्धान्तको सिर्जना गरी चीनमाथि कालो छ्याप्न खोजेका छन् । जसले आतंकको भावनालाई बढाउनुका साथै महामारीको रोकथाम तथा नियन्त्रण गर्ने चीनको प्रयासलाई बंग्याएर विदेशमा बसोबासर गरिरहेका चिनियाँ र एशियालीहरूको अधिकार तथा उनीहरुको सुविधा माथि आक्रमण गर्दा अन्तर्राष्ट्रिय सहयोग माथि भाँजो हालेको छ स्पष्ट हुन्छ ।

Members of a medical team take part in an oath-taking ceremony before their departure to Wuhan of Hubei Province, in Nanning, south China’s Guangxi Zhuang Autonomous Region, Jan. 27, 2020.

 

त्यसबाहेक केही देशले चीनको महामारीप्रति आवश्यकताभन्दा चर्को प्रतिक्रिया जनाउनुका साथै केही देशमा चिनियाँ नागरिकमाथि अपमानजनक र भेदभावपूर्ण भनाई तथा गतिविधि गरेको देखिन्छ।

विश्वरुपी गाँउमा कोरोना भाइरस मानवजातिको साझा शत्रु हो। विभिन्न देशहरूले निष्पक्ष रूपमा महामारीको मूल्यांकन तथा जानकारी दिनुका साथै अपमानजनक र भेदभावपूर्ण भनाइ तथा गतिविधिको विरोध गरी अफवाह, पूर्वाग्रह तथा गलत जानकारी लगायत राजनीतिक भाइरसलाई हटाउनुपर्छ।

Facebook Comments