चाइना मिडिया ग्रुपको “युआन स्याउ चे चाड विशेष साँझ, गालामा माया र दृढ विश्वास” प्रसारण
काठमाडौं, २०७६ माघ २६ गते आईतबार
कोरोना भाइरसको महामारीसँग अहोरात्र संघर्ष गरिरहेका चिनिया जनताले यस वर्षको वसन्त चाड त राम्ररी मनाउन पाएनन् उनीहरुको अर्को ठूलो चाड युआन स्याउ चे पनि त्यत्तिकै खल्लो भएरै वित्यो । तर जस्ता सुकै कठीन परिस्थिीतिसँग पनि लड्न नडराउने चिनिया जनता शोकलाई शक्तिमा बदलेर अघि बढ्न क्रियाशिल छन् भन्ने कुराको पछिल्लो उदाहरण चाँही शनिवार(फेब्रुअरी ८) मा मनाएको युआन स्याउ चे पर्व हो । सीआरआई नेपाली विभागका अनुसार,
असामान्य युआन स्याउ चे चाड विशेष साँझ गाला फेब्रुअरी आठ तारिख सीसीटीभीको सुनौलो अवधिमा प्रसारण गरिएको छ। यो साँझ गालामा चीनका उत्कृष्ट कलाकारहरू सहभागी भए। उक्त गालामा कोरोना भाइरस महामारीको प्रतिरोध र नियन्त्रणमा सहभागी व्यक्तिहरूको कथा उल्लेख गरिएको छ।

गालाको तत्स्थलमा कुनै एकजना पनि दर्शक छैनन् तर भन्न सकिन्छ कि दर्शक अनुपस्थित भएक छैनन्। तत्स्थलमा दर्शक थिएनन् तर एकताको भावना थियो, एक अर्ब चालीस करोड चिनियाँ मन थिए। यो असामान्य युआन स्याउ चे चाडको उपलक्ष्यमा चाइना मिडिया ग्रुपले असामान्य कार्यक्रम उपलब्ध गराएको थियो। उक्त कार्यक्रममा न्यानोपन, ठूलो माया र गहिरो शुभकामना प्रसारण गरिएको थियो।

साढे एक घण्टाको सो कार्यक्रम कोरोना भाइरस महामारीबारे बनाइएको हो । यो कार्यक्रम प्रसारण भएपछि दर्शकहरूले उच्च मूल्यांकन गरेका छन्। दर्शकहरूका अनुसार, उनीहरूले यो कार्यक्रमबाट चिनियाँ जनताले मिलेर कठिनाइलाई पराजित गर्ने आध्यात्मिक शक्तिको अनुभव गरेका छन्। इन्टर्नेटका प्रयोगकर्ताहरूले भनेका छन्, हरेक चिनियाँ होस्टे हैंसे!हामी आशा गर्छौ भविश्य अझै राम्रो हुने छ।

