Mon. Dec 23rd, 2024

चिनियाँ राष्ट्रपति सी र अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीज बीच भेटवार्ता   

बाली, २०७९ कात्तिक २९ गते मंगलबार । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार दिउँसो अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेटवार्ता गर्नुभएको छ।

चीन-अष्ट्रेलिया सम्बन्धले पछिल्ला केही वर्षहरूमा कठिनाइहरूको सामना गरेको र दुवै पक्षले त्यस्तो नचाहेको सीले बताउँनु भएको छ। चीन र अष्ट्रेलिया एसिया प्रशान्त क्षेत्रका महत्त्वपूर्ण देश भएको उल्लेख गर्दै सीले दुई देशले आफ्ना जनताको आधारभूत हितमा मात्र नभई शान्ति र विकासका लागि पनि अनुकूल हुने द्विपक्षीय सम्बन्धलाई सुधार, संरक्षण र अगाडि बढाउनु पर्ने बताउँनु भएको छ ।

चीनले द्विपक्षीय सम्बन्ध सुधार र विकास गर्न अष्ट्रेलियाको पछिल्लो इच्छाको कदर गरेको र दुई पक्षबीच आर्थिक र व्यापारिक सहयोगमा ठूलो सम्भावना रहेको एवं अस्ट्रेलियाले चिनियाँ उद्यमहरूलाई आफ्नो देशमा लगानी र सञ्चालन गर्नको लागि राम्रो व्यापारिक वातावरण उपलब्ध गराउने आशा व्यक्त गरेको सीलेर उल्लेख गर्नु भएको छ ।

त्यसैगरी प्रधानमन्त्री अल्बानीजले अष्ट्रेलिया र चीनले चाँडै कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने उल्लेख गर्नु भएको छ ।

अष्ट्रेलियाले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्दा गरेको प्रतिबद्धतालाई कायम राख्न, आपसी सम्मान र समान सहयोगको भावनामा चीनसँग काम गर्न र रचनात्मक र स्पष्ट संवाद र सञ्चारको माध्यमबाट मतभेदलाई कम गर्न अष्ट्रेलिया इच्छुक रहेको समेत उहाँले बताउँनु भएको छ। अष्ट्रेलिया-चीन सम्बन्धको स्थिर विकास र जलवायु परिवर्तन, अर्थतन्त्र र व्यापार र अन्य महत्त्वपूर्ण मुद्दाहरूमा थप सहयोग गर्ने पनि बताइएको छ । रासस, सिन्ह्वा

Facebook Comments